प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

७ आश्विन २०८०, आईतवार १२:२५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । शनिवार चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बिच हाङजाउमा भेटवार्ता भएको छ । चीन र नेपालको टोलीबिच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ ।

झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहअघि उनीहरुबीच औपचारिक भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्व चीन पुगेको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर न्यूयोर्कबाट चीन पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री दाहालको भ्रमण दलमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउद र अन्य सदस्य पनि छन् ।

सीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी बेइजिङ आउनेछन् । बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*