अप्पर लोहेरे खोला हाइड्रोपावरको सेयर सूचीकृत,ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । अप्पर लोहेरे खोला हाइड्रोपावरको सेयर भोलिदेखि दोस्रो बजारमा आउने भएको छ ।
नेप्सेमा कम्पनीको शेयर आज सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोहीअनुसार यो कम्पनीको सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।
कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २६ लाख कित्ता ९५१ प्रतिशत० रहेको छ भने ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता सर्वसाधारण समूह ९वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय र कर्मचारीसहित रहेको छ।
नेप्सेले यो कम्पनीलाई ‘यूएलएचसी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतममा ९७।८७ रुपैयाँ र अधिकतममा २९३।६१ रुपैयाँ तोकेको छ।