प्रभु इन्स्योरेन्सको बीमा सचेतनामूलक कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले बागलुङ्गमा बीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
यही असोज ५ गते बागलुङ्ग नगरपालिका वडा नं.२ र ३ मा सञ्चालित कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
प्रभु इन्स्योरेन्स गण्डकी प्रदेशका प्रादेशिक प्रमुख रबिन्द्र श्रेष्ठले सञ्चालन गरेका उक्त कार्यक्रममा बीमा सम्वन्धी विभिन्न जानकारीहरु प्रदान गरिनुका साथै जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुसंग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरिएको थियो ।
कम्पनीले बीमा सचेतना कार्यक्रम अन्य जिल्लाहरुमा छिट्टै संचालनमा ल्याउन लागिएको जनाएको छ। यस्ता कार्यक्रमले बीमाको पहुँच वृद्धिमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्ने हुँदा प्रभु इन्स्योरेन्सको आगामी योजनामा पनि यस्ता कार्यक्रमहरु रहेको कम्पनीले जनाएको छ।