हिमालयन लाइफ इन्स्योरेन्सद्वारा आयोजित ग्रेण्ड मोटिभेसन कार्यक्रम सम्पन्न

७ आश्विन २०८०, आईतवार १०:४४

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लुम्बिनी प्रादेशिक कार्यालयले प्रदेश स्तरीय ‘लर्न हाउ टु अर्न’ भन्ने मुल नाराका साथमा एक दिने ग्रेण्ड मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम कार्यक्रम बुटवलमा सम्पन्न भएको हो ।

अन्तराष्ट्रिय मोटिभेटर तथा टेनरबाट मोटिभेसन कार्यक्रममा सहभागी हुने गरि कम्पनीले गत श्रावण महिनामा अभिकर्तालाई आन्तरिक स्किमको ब्यवस्था गरेको थियो । सोही स्किम बमोजिम करिब ३५० जना लुम्बिनी प्रदेशबाट क्वालिफाईड भएका अभिकर्तालाई भारतबाट लामो अनुभव भएका मोटिभेटर साहिद अबजल अहमदले उक्त प्रशिक्षण दिएका हुन् ।

जीवन बीमामा अभिकर्ता कसरी फेल हुन्छन,मार्केटमा बीमाको कन्सेप्ट कसरी प्रस्तुत गर्ने र समग्र सफल अभिकर्ता बन्नको लागि ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी सहितको करिब ४ घण्टाको आकर्ष सेसन प्रमुख प्रशिक्षक अहमदले प्रशिक्षण दिएका थिए ।

आज ६ गते करिब १० बजे बाट सुरु भएको कार्यक्रममा सहभागी लाई स्वागत मन्तव्य मार्फत स्वागत कम्पनीको प्रदेश उप प्रमुख नकुल पान्डेले गरेका थिए । कार्यक्रमको सभापतित्व प्रदेश प्रमुख बुद्ध सुर्यबसीले गरेको उक्त कार्यक्रममा मार्केटिङ प्रमुख नवीन थापाले कम्पनीको स्किम बारे प्रस्ट पारेका थिए भने कार्यक्रमको सञ्चालन शिव कुमालले गरेका थिए ।

साथै श्रावण महिनामा हरेक शाखा उपशाखाबाट टप ब्यवसाय गर्ने झन्डै २५ जना अभिकर्ताहरुलाई संम्मान समेत गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*