आशा लघुवित्तको १ लाख ३० हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
७ आश्विन २०८०, आईतवार १०:१०
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले १ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ ।
बिक्रीमा राखिएको उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने भएका छन् ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ । यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयरमा ७ दिनभित्र काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ ।