सातौं वर्षमा सन नेपाल लाइफ, लगानीकर्ता र बीमित दुवैलाई उत्कृष्ट प्रतिफल दिने प्रतिबद्धता
काठमाडौं । २०७४ साल असोज ६ गते अर्थात आजैका दिनबाट औपचारिक कारोबार सुरु गरेको सन नेपाल लाइफ इन्स्योरेन्स आज छौटौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । छैटौं बार्षिकोत्सव तथा सातौं वर्ष प्रवेशको अवसरमा सन नेपाल लाइफले यस वर्ष गत भदौं २४ गतेदेखि नै विविध कार्यक्रम गरी देशव्यापी रुपमा भव्यताका साथ मनाएको छ ।
‘सबैका लागि सुरक्षा, शिक्षा र समृद्धि’ नारासहित सुरु भएको सन नेपाल लाइफले सुरुवाती दुई वर्ष संस्थागत विकार र विस्तार तथा त्यसपछिका वर्षहरुमा बीमाको दीगो विकास लक्ष्य पछ्याइरहेको छ । कम्पनीले उत्कृष्ट बीमा व्यवसाय गर्दै अघि बढ्ने क्रममा कोरोनापछिको अवस्थामा अझै उत्कृष्ट नतिजा दिन सफल भएको छ ।
कम्पनीले पछ्याएको सही रणनीतिले बीमित र लगानीकर्ता दुवैलाई फाइदा दिन सकिने र राज्यलाई पुँजि निर्माणमा समेत सहयोग पुग्ने कम्पनीका अध्यक्ष अनुज कयालको भनाई छ । बार्षिकोत्सवको अवसरमा कम्पनीले सबैप्रति आभार प्रकट गरेको छ ।
बार्षिकोत्सवकै अवसरमा कम्पनीका सिईओ राज कुमार अर्यालले जीवन बीमाको दीगो विकास र आम जनताको जोखिम बाँडफाँड गर्दै कम्पनी अघि बढेको बताए । साथै उनले आगामी दिनमा लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल दिन कम्पनी प्रतिबद्ध रहेको बताउँदै बीमितलाई अधिकतम् बोनस दिने अभियानमा रहेको बताए । सन लाइफले नियामक बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजि पुर्याउन पुँजि बृद्धि गरी आईपिओ निष्काशन गरिसकेको छ । अब कम्पनी गुणस्तरीय बीमा सेवाका लागि देशव्यापी रुपमा अघि बढ्नेछ ।
स्थापनाको छोटो अवधीमा उत्कृष्ट व्यवसाय र उल्लेख्य प्रगति गर्दै अघि बढेको सन नेपाल लाइफले बार्षिकोत्सवको अवसरमा कम्पनीमा योगदान पुर्याउने सबैमा हार्दिक अभार व्यक्त गरेको छ । कम्पनीका सिईओ अर्यालले नियामक निकाय, नेपाल सरकार, लगानीकर्ता, बीमित, अभिकर्ता तथा कर्मचारीहरुमा हार्दिक आभार ज्ञापन गर्दै बीमाको माध्यमबाट जनताको सुरक्षा र देशको समृद्धि दुवै प्राप्त गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएका छन् ।
कम्पनीको जीवन बीमा कोषको आकार पाँच अर्बभन्दा माथि पुगिसकेको छ । त्यस्तै जगेडा कोषमा ९२ करोडसहित कम्पनीको समग्र कोषको आकार छ अर्ब नाघेको गत आवको असार मसान्तसम्मको विवरणले देखाएको छ । कम्पनीले भर्खरै आईपिओ निष्काशन सम्पन्न गरिसकेको छ । प्रिमियम मूल्यमा आईपिओ निष्काशन गरेकोले कम्पनीको समग्र कोषको आकार नौ अर्ब हाराहारीमा पुगिसकेको छ । कम्पनीले बार्षिक साढे तीन अर्बभन्दा बढि व्यवसाय गर्दै आएको छ ।
सन नेपाल लाइफको शेयर नेपाल स्टक एक्सचेन्जमा भर्खरै कारोबार शुभारम्भ भएको छ । सो कम्पनीको शेयर प्रतिकित्ता ४७० रुपैयाँमा बिहिवार बिहिबार अन्तिम कारोबार भएको थियो । कम्पनीको बजार पुँजिकरण १५ अर्ब ४० करोड पुगेको छ ।