२५० देखि ४२० रुपैयाँ माथिसम्म पाइन्छ विकास बैंकहरुको शेयर, कुनको कति ? (एलटीपीसहित)

६ आश्विन २०८०, शनिबार १३:०५

काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता २००७ मा बन्द भएको शेयर बजार यो साता २००२९ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा राम्रो अंकले बृद्धि भएको देखिन्छ ।

बिहीबार विकास बैंकको इन्डेक्स ३ दशमलव ७७ प्रतिशत अर्थात १४२ रुपैयाँले बढेर तीन हजार ९२० को विन्दुमा कायम भएको छ । विकास बैंकहरुको शेयर मूल्य २५० रुपैयाँ माथिदेखि साढे ४२० रुपैयाँ मुनि नै रहेका छन् । यो साता कारोबार भएका सबै विकास बैंकको शेयर मूल्य वृद्धि भई कारोबार बन्द भएको छ ।

विकास बैंकहरुमध्ये सबैभन्दा धेरै शेयर मूल्य मितरी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास, सांग्रिला विकास, ज्योति विकास बैंक लगायतको शेयरमूल्य बढी रहेको छ ।

यसका साथै, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक लगायतको शेयरमूल्य सबैभन्दा कम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*