फाइनान्सहरुको शेयर मूल्यमा उच्च अंकको बृद्धि, कुनको कति ? (सूची सहित)

६ आश्विन २०८०, शनिबार ११:११

काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता २००७ मा बन्द भएको शेयर बजार यो साता २००२९ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा राम्रो अंकले बृद्धि भएको देखिन्छ ।

बिहीबार फाइनान्स इन्डेक्स ४ दशमलव ३८ प्रतिशत अर्थात ७५ रुपैयाँले बढेर एक हजार ७९७ को विन्दुमा कायम भएको छ । फाइनान्सको शेयर मूल्य २८८ रुपैयाँदेखि माथिदेखि साढे ५५० रुपैयाँ मुनि नै रहेका छन् । यो साता कारोबार भएका सबै फाइनान्सको शेयर मूल्य वृद्धि भई कारोबार बन्द भएको छ ।

फाइनान्सहरुमध्ये सबैभन्दा धेरै शेयर मूल्य गोर्खाज फाइनान्सको रहेको छ । त्यस्तै, मन्जु श्री फाइनान्स, आइसीएफसी फाइनान्स, गुडवील फाइनान्स लगायतको शेयरमूल्य बढी रहेको छ । यसका साथै समृद्धि फाइनान्स, मल्टीप्रपोज फाइनान्स तथा प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक कम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*