हकप्रद शेयर निष्काशन गर्दै खानी खोला, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
५ आश्विन २०८०, शुक्रबार १७:१९
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच हकप्रद शेयर निष्काशन गर्ने सम्झौता भएको छ । जसका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको हो ।
सम्झौतामा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापाले हस्ताक्षर गरेका छन् ।
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गतको आयोजनाहरु ‘टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना’ ललितपुर जिल्लामा अवस्थित रहेका छ र क्रमस ः ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिरदेखि नै संचालनमा रहेका छन ।