७५ रुपैयाँदेखि २ हजार माथिसम्म पाइन्छ लघुवित्त कम्पनीहरुको शेयर (एलटीपी सहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेप्सेमा हरियाली छाएसँगै माइक्रोफाइनान्स उपसूचक २.२९ प्रतिशतले बढेको हो । ७५ रुपैयाँदेखि २ हजार २५ रुपैयाँसम्म लघुवित्त कम्पनीहरुको शेयरमूल्य रहेको छ ।
बिहीबार माइक्रोफाइनान्स सेक्टरबाट जम्मा ५५ कम्पनी कारोबारमा आएका थिए । जसमध्ये ४९ कम्पनीहरुको शेयरमूल्य बढ्यो भने ५ कम्पनीहरु अभियान लघुवित्त, सामुदायीक लघुवित्त, महुली लघुवित्त, जनउत्थान सामुदायीक लघुवित्त र सूर्याेदय वोमी लघुवित्तकको शेयरमूल्य क्रमशः सर्वाधिक प्रतिशतले घटेको छ । सोही दिन बीपीडब्लु लघुवित्तको शेयरमूल्यमा भने कुनै हलचल आएको छैन ।
समग्रमा हेर्दा बिहीबार केही लघुवित्त कम्पनीको शेयरमूल्य घटेतापनि अधिकांश कम्पनीहरुको शेयरमूल्यमा बृद्धि आएको छ । बिहीबार नेप्से परिसूचक ४४ प्रतिशतले बढ्दा सर्वाधिक कम्पनीहरुको शेयरमूल्यमा समेत सुधार देखिएको हो ।