दोस्रो बजारमा यो साता कस्तो रह्यो बीमा कम्पनीहरुको शेयर कारोबार ? (एलटीपी सहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से ४४ अंकले बढेको छ । उक्त दिन जीवन बीमा उपसूचक १.६७ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.७६ प्रतिशतले बढेका छन् ।
जीवन बीमा
बिहीबार जिवन बीमा क्षेत्रबाट कुल १० कम्पनी कारोबारमा आएका थिए । जसमध्ये ८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने दुई कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य घटेको छ ।
बिहीबार कारोबारमा आएका जीवन बीमा कम्पनीहरुमध्ये सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ भने सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ ।
निर्जीवन बीमा
बिहीबार नेप्सेमा हरियाली छाउँदा निर्जीवन बीमा उपसूचक पनि १.७६ प्रतिशतले उचालिएको छ । उक्त दिन निर्जीवन बीमा सेक्टरबाट कुल १२ कम्पनी कारोबारमा आएका थिए । जसमा १२ वटै कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।
बिहीबार कारोबारमा आएका निर्जीवन बीमा कम्पनीहरुमध्ये आईजीआई प्रूढेन्सियलको शेयरमूल्य सर्वाधिक बढेको छ । सोही दिन सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक कम प्रतिशतले बढेको छ ।