अवैध अनलाईन जुवा एप ‘फिफिया’ को माध्यमबाट ठगी गर्ने युवती पक्राउ
काठमाडौं । नेपालमा अवैध रहेको फिफिया एपमार्फत अनलाईन जुवा खेलाउने बाहानामा विभिन्न व्यक्तिबाट ११ लाख बढी रुपैयाँ ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं टोखामा बस्दै आएकी २८ वर्षीय दादिला शेर्पा लाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आरोपित शेर्पा मानिसहरूलाई फेसबुक, ह्वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जाल मार्फत साथि बनाएर जिमेल आइडी लिएर अनलाईन जुवा प्लेटफर्म फिफियाको अकाउन्ट बनाउन लगाउने पाइएको छ ।
उनी पीडितलाई रकम डिपोजिट गरेको ९० मिनेटभित्र लगानी गरेको रकममा १.४८ प्रतिशतका दरले फाइदा हुन्छ भन्ने जस्ता झुट्ठा आश्वासन दिई तीन जना पीडितबाट ११ लाख २७ हजार रुपैयाँ ठगी गरेको अनुसन्धानमा खटिएका प्रहरीले जानकारी दिए ।
पक्राउ परेकी शेर्पा (राई) लाई प्रचलित कानुन बमोजिम ठगी तथा सट्टेबाजी सम्बन्धी कसूर आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।
नेपालमा अबैध रहेको ‘फिफिया एप’ सम्बन्धि बीमापोष्टले पहिले नै नै समाचार तयार पारेको थियो ।