सिद्धार्थ प्रिमियरको एसपीआइएल डिजीः डिजटल माध्यमबाट सिधैं बीमा दावी, खातामा रकम भुक्तानीः नवराज पराजुली, सहायक महाप्रबन्धक
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पहिलो पटक सञ्चालनमा ल्याएको डिजिटल दावी भुक्तानी सुविधा निकै चर्चामा छ । कम्पनीले सुरुवात गरेको डिजिटल दावी भुक्तानी आम बीमितहरुले जानकारी पाउन र यसको विधि र प्रक्रियाबारे थाहा पाउन जरुरी छ । कम्पनीले सञ्चालनमा ल्याएको एसआईपिएल डिजी अन्तर्गत मोबाइल वा अन्य विद्युतीय डिभाइसमार्फत सिधैं बीमा दावी गर्न सकिन्छ भने बीमा कम्पनीले पनि छरितो तरिकाले छिट्टै बीमितको खातामा रकम भुक्तानी गर्ने गर्दछ ।
कम्पनीले सञ्चालनमा ल्याएको एसपीआइएल डिजी के हो त ? यसले कसरी काम गर्दछ ? भनेर हामीले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा सहायक महाप्रबन्धक दाबी विभाग प्रमुखको रुपमा कार्यरत नवराज पराजुलीसँग जिज्ञाशा राखेका थियौं । विद्युतीय दावी भुक्तानीबारे सहायक महाप्रबन्धक नवराज पराजुलीसँग गरिएको कुराकानीको सार संक्षेपः
– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले सञ्चालन गर्दै आएको एसपीआईएल डिजी भनेको के हो ?
विगतमा जुन हिसाबले बीमा ब्यवसाय चलिरहेको थियो त्यसलाई आधुनिक रुपमा समयसँगै परिवर्तन गर्नुृपर्छ भन्न्ने हिसाबले हामीले सोचेउ र त्यसमा हामीले कसरी डिजिटलाईजेशन गर्न सकिन्छ भनेर सोच्दा ग्राहकलाई दाबी भुक्तानीमा सहजता गरेउ भने त्यसबाट कम्पनीलाई माइलेज पुग्ने र ग्राहकहरु पनि सन्तुष्ट हुने भनेर सिद्धार्थ प्रिमियरले एसपिआईएलडिजि भनेर एउटा अनलाईबाटै दाबीको लागि प्रकिया पुरा गर्न सक्ने आइटी बेस प्रडक्ट लन्च गरेको छौं । जुन एक महिनाबढी भएको छ । यसमा ग्राहकहरुबाट पनि एकदमै राम्रो प्रतिक्रिया आएको छ ।
– एसपीआईएल डिजीको फाइदाहरु के के हुन् र कसरी बीमा दावी गर्ने त ?
यसका फाइदा भनेको विगतमा कुनै पनि बीमा दाबी गर्नका लागि बीमा कम्पनीको अफिससम्म धाउनपर्ने अवस्थाको अन्त्य भएको छ । यस समस्याको अन्त्य गर्दै आफू जहाँ भएपनि त्यहीबाट दाबीको लागि प्रकिया गर्न सकिने छ । कुनै पनि बीमितको कुनै पनि सवारी साधन दुर्घटना भएमा बीमितले दुर्घटना हुनासाथ कम्पनीमा जानकारी दिएमा इमेलबाट पनि क्लेम रजिष्टर गर्न सक्नेछन् ।
ग्राहकले दाबी बिवरण पठाउने वित्तिकै ग्राहकको क्लेम रजिष्ट्रशन हुन्छ र ग्राहकका मोबाइलमा एउटा ओटीपी जान्छ । त्यसबाट ग्राहकले सवारी साधन मर्मत गरिसकेपछि आवश्यक न्यूनतम कागजात अनलाईनबाटै पठाएपछि हाम्रो दाबी विभागका कर्मचारीहरुले दाबीको प्रकिया सुरु गर्नेछन् र ग्राहकले कागजात पठाएको दिन वा भोलिपल्ट दाबी फछ्र्यौट गरेर सम्बन्धित ग्राहकलाई मेसेज जान्छ र ग्राहकले डिस्चार्ज भौचरमा हस्ताक्षर गरेर बैंकको खाता विवरणसहित पठाउने बित्तिकै त्यही दिनमै ग्राहकको खातामा पैसा भुक्तानी गर्न सक्छौं । यसबाट समयको बचत समेत हुन्छ । यो वैज्ञानिक, भरपर्दो र विश्वसनीय छ ।
–कस्ता कस्ता बीमितले यस्तो सुविधा लिन सक्नुहुन्छ त ?
यस्तो प्रडक्टलाई भविष्यमा ब्यापक रुपमा प्रयोग गर्ने गरी हामी अगाडी बढेका छौं जसमा ग्राहकबाट पनि हौसला मिलेको छ । हामी ५० हजार सम्मको निजी सवारी साधन र मोटरसाइकलको दाबी पर्दाका बखत अनलाइनबाटै सेटलमेन्ट गरिरहेको छौं । भविष्यमा यसलाई अजै विस्तार गरेर यो भन्दा बढी दाबीको पनि प्रकिया अनलाईनबाटै गर्ने गरि अघि बढेको छौं । कम्पनीले ग्राहकको सन्तुष्टिको विषय सुन्दा कम्पनीलाई थप हौसला मिल्छ । दाबी फछ्र्यौट मात्र नभएर अन्य काम पनि अनलाईनबाटै गर्ने गरि प्रकिया थालेका छौं । यसबाट ग्राहकले समयको बचत गर्दै सुविधा लिन सक्नेछन् ।
एसपीआईएल डिजीमा बीमितहरुको कत्तिको सहभागिता जनाउनु भएको छ ?
एसपीआईएल डिजी क्लेम पोर्टलको मार्फत हामीले एक महिनामा ३०० भन्दा बढी दाबीको प्रकिया पुरा गरेर दाबी भुक्तानी गरेका छौं । त्यसरी जतिपनि भुक्तानी भएको छ सबै ग्राहकहरु त्यसबाट सन्तुष्ट देखिएका छन् । यसबाट ग्राहकहरु समेत अचम्मित हुनेगरेको पाइएको छ । यसबाट हामीलाई अझै यो क्षेत्रलाई विस्तार गरेर अगाडि बढ्न हौसला मिलेको छ ।
– सिद्धार्थ प्रिमियरको दावी भुक्तानीको अवस्थाबारे केही बताईदिनुहोस् न ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत वर्ष ३ अर्ब ८० करोडको दाबी भुक्तानी गरेको थियो । यो वर्ष साउन र भदौ महिनामा ३६ करोडभन्दा बढीको दाबी भुक्तानी गरिएको छ । ग्राहकलाई सन्तुष्ट पार्नु नै कम्पनीको मुख्य उद्दे्रश्य हो । हाल कम्पनीले करिव ७० प्रतिशत भन्दा बढी दाबी भुक्तानी गरिरहेको छ । हाम्रो लक्ष्य त्यसालाई अझै बढाएर ८० देखि ८५ प्रतिशत पुर्याउने रहेको छ । यसबाट ग्राहकलाई अझै सहज हुने विश्वास लिएका छौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १३० वटा ब्रान्चहरु छ जसमा १३० वटै ब्रान्चमा ग्राहकले दाबीहरु गरेका हुन्छन् । धेरै टाढाका ग्राहकहरुले तुरुन्तै सेवा पाउनका लागि डकुमेन्टहरु ब्रान्चमा दिने ब्रान्चले फेरि हेड अफिसमा दिने यस्तो प्रकियामा गएर धेरै दिन लगाउनुभन्दा यो डिजिटल सिस्टमले ग्राहकहरुले न्यूनतम कागजातहरु पठाएपछि तुरुन्तै ग्राकहको खातामा पैसा गइसकेको हुन्छ ।
बीमा दावी भुक्तानीर्लाइ थप विश्वसनीय बनाउन के गर्नुपर्ला ?
बीमा गर्दा सजिलै हुन्छ तर दाबी लिदा एकदमै कठिन हुन्छ हत्तपत्त दाबी पनि पाईदैन भन्ने एक प्रकारको नकारात्मक धारणा भएका ग्राहकलाई बीमा प्रतिको विश्वास अझ मजबुत बनाउन यो डिजिटल व्यवस्था एकदमै प्रभावकारी सावित हुनेछ । यसबाट ग्राहकले पनि भरपुर फाइदा लिइरहेका छन् ।
सवारी साधन दुर्घटना भएपछि ग्राहकले आवश्यक कागजात लिएर कम्पनीसम्म आउदा कुनै कागजात छुटेमा पुःन घरसम्म जानपर्ने समस्याको समेत यसबाट अन्त्य भएको छ । अनलाईनबाट दाबी लिन ग्राहकले कागजात पठाएपछि प्रक्रिया अघि बढ्यो की बढेन ? कागजात स्वीकृत भयो की भएन ? दाबी प्रकिया कुन चरणमा छ भन्ने पनि अनलाईनबाटै घरमै बसिबसि हेर्न सकिनेछ । बीमा कम्पनीमा आएर वा फोन गरेर बुझ्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ ।
Innovative Idea for Claim settlement