सिटिजन्स बैंक दशै अघि नै लाभांश पारित गर्ने पक्षमा

५ आश्विन २०८०, शुक्रबार ११:२२

सिटिजन्स बैंक इन्टरनेशलले दशै अघिनै पारित गर्ने पक्षमा रहेको छ ।बैंकले यस वर्ष ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजारको आधरामा कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकले गत वर्ष भने कुल ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

पछिल्लो दुई आर्थिक वर्ष बैंकले नगद लाभांश वितरणमा जोड दिएको हो ।प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले असोज २६ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९र८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै संस्थापक शेयरधनीबाट तीन जना र सर्वसाधारण शेयरधनीहरूबाट एक जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*