पाँच वाणिज्य बैंकसहित ३० कम्पनीको लाभांश घोषणा, कुनको कति ? (सूचीसहित)

राजन कठायत
४ आश्विन २०८०, बिहीबार १७:३८

काठमाडौं । विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश घोषणा गरिसकेका छन् । हालसम्म कुल ३० कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

कम्पनीहरुले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट पाँच वाणिज्य बैंक, ६ वटा क्यापिटल, एक वटा होटल, १५ म्युचुअल फण्ड र इक्रा नेपालले लाभांश घोषणा गरेको छ ।

बाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा पहिले लाभांश घोषणा गरेको हो । कम्पनीले लगानीकर्तालाई १३।३ प्रतिशत बोनस र ० दशमलव ७ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

त्यस्तै, एभरेष्ट बैंकले २० दशमलव ५३ प्रतिशत, एनआइसी एशिया बैंकले ३० दशमलव ५२६३ प्रतिशत, सानिमा बैंकले १४ दशमलव ७ प्रतिशत र सिटिजन्स बैंकले ५ दशमलव ७९ प्रतिशतले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
यसका साथै, ओरिन्टल्स होटलले ५ दशमलव २६३२ प्रतिशत र इक्रा नेपालले ५९ दशमलव १ प्रतिशत लाभांश घोषणा गरेको छ ।

एनआइसी एशिया क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई कुल ४६ प्रतिशत लाभांश घोषणा गरेको छ । ज्योति क्यापिटलले १० दशमलव २६३ र सनराइज क्यापिटलले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष ०७८।७९ को वितरणयोग्य

मुनाफाबाट केही म्युचअल फण्डहरुले पनि आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरणको घोषणा गरेका छन् । जसमा म्युचअल फण्डहरुमध्ये हालसम्म सनराईज म्युचअल फण्डले सर्वाधिक लाभांश घोषणा गरेको छ । सो म्युचअल फण्डले लगानीकर्तालाई कुल १६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यसका साथै यस अवधिसम्ममा कुमारी क्यापिटलले १५ प्रतिशत, एनआईसी एशिया क्यापिटलले ४६ प्रतिशत, ज्योति क्यापिटलले १० प्रतिशत, प्रभु क्यापिटलले ६ प्रतिशत, सिटिजन्स क्यापिटलले १२ प्रतिशत, सिद्धार्थ क्यापिटलले २५ प्रतिशत र सनराईज क्यापिटलले ३० प्रतिशतले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कुमारी इक्युटी फण्ड र एनआईसी एशिया डायनामीक डेप्ट फण्डले १० प्रतिशत, सिटिजन म्युचअल फण्ड २ र लक्ष्मी इक्युटी फण्डले ८ प्रतिशतले आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेका छन् ।

गत आर्थिक वर्षको मुनाफाबाट सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को ६।५ प्रतिशत, सिद्धार्थ इक्युटी फण्डले ५ प्रतिशत, कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत र एनआईबीएल सहभागिता फण्डले ४ प्रतिशतले लाभांश घोषणा गरेको छ ।

कम्पनीहरुको आउदो वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश घोषणा पारित गरेपश्चात मात्र सम्बन्धित शेयरधनीहरुले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*