व्यतित बीमालेख पूनर्जागरण गर्दा ब्याजमा ३५ प्रतिशत छुट

४ आश्विन २०८०, बिहीबार १६:३२

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखहरु पूनर्जागरण गराउँदा बीमितहरुलाई ब्याजमा ३५ प्रतिशत सम्म छुट दिने भएको छ ।

उक्त कम्पनीबाट जारि गरिएको बीमालेखहरु असोज ४ गतेदेखि असोज १९ गतेसम्म पूनर्जागरण गराउँदा छुट दिने निर्णय गरेको हो । समयावधिभित्रै यस अवसरको सदुपयोग गरी आफ्नो बीमालेख सक्रिय गर्न कम्पनीले आग्रह गरेको छ ।

यस्तो छुट बीमा अवधि भर १ पटक मात्र पाइनेछ । साथै, असोज ४ गते भित्र परिपक्व हुने बीमालेखहरुमा यो छुट लागु नहुने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*