१० कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

४ आश्विन २०८०, बिहीबार १५:१३

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन ४ अंकले बृद्धि भएको शेयर बजार आज ४४.३४ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले १२ करोडको सीमा हटाउने तथा बैक वित्तीय संस्थाले लाभांश घोषणा गरेसँगै शेयर बजारमा हरियाली छाएको हो ।

शेयर बजार बढेसँगै नेप्सेमा कारोबार भएका १० कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किटसहित कुल २१७ कम्पनीको शेयरमूल्य बढेको छ ।
त्यस्तै, आज नेशनल हाइड्रोपावर, दिब्यश्ररी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर लगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*