सन नेपाल र रिलायबल नेपाल लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
४ आश्विन २०८०, बिहीबार १५:०४
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन ४ अंकले बृद्धि भएको शेयर बजार आज ४४.३४ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले १२ करोडको सीमा हटाउने तथा बैक वित्तीय संस्थाले लाभांश घोषणा गरेसँगै शेयर बजारमा हरियाली छाएको हो ।
शेयर बजार बढेसँगै आजदेखि कारोबारमा आएको सन नेपाल लाइफको सबैभन्दा बढी शेयर खरिद बिक्री भएको छ । आज मात्रै कम्पनीको २० करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफको १३ करोड, शिवम् सिमेन्टको १० करोड, लाभांश घोषणा गरेको एनआईसी एशिया बैंकको नौ करोड रुपैयाँको कारोबार भएको छ ।