१२ करोडको सीमा खोल्ने तयारी गरेसँगै नेप्सेमा हरियाली
४ आश्विन २०८०, बिहीबार १५:०५
काठमाडौं । राष्ट्र बैंकले शेयर धितो कर्जाको १२ करोडको सीमा खोल्ने तयारी गरेसँगै लगानीकर्तामा उत्साह थपिएको छ । जसकारण साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा हरियाली छाएको छ ।
आज नेप्से परिसूचक ४४ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ । आज १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाखको कारोबार भएको छ ।
आज १३ बटै उपसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ५.३१ प्रतिशतले बढेको छ । फाइनान्स उपसूचक ४.३८ र विकास बैंक उपसूचक ३.७७ प्रतिशतले बढेको छ ।