कति रुपैयाँमा भयो सन नेपाल लाइफको पहिलो कारोबार ?

४ आश्विन २०८०, बिहीबार ११:१६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्सको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ ।

कम्पनीको आईपीओको पहिलो कारोबार ४७५ रुपैयाँमा भएको छ । नेप्सेले कम्पीलाई (एसएसनएलआई) नाम प्रदान गरेको छ ।
कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड २० लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको थियो ।

नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १५८ दशमलव ४१ देखि ४७५ दशमलव २३ रुपैयाको ओपनिङ रेन्ज प्रदान गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*