चार वाणिज्य बैंक उत्कृष्ट लाभांश घोषणा गर्ने अन्तिम तयारीमा, कुनले कति दिँदैछन्? (लाभांश इतिहाससहित)
काठमाडौं । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । सबैभन्दा बढी मुनाफा आर्जन गरेको नबिल, स्ट्याण्डर्ड चार्टट, नेपाल एसबिआई र कृषि विकास बैंकले लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् ।
हाल सम्म वाणिज्य बैंकहरुमध्ये हालसम्म पाँच वटाले लाभांश घोषणा गरिसकेको छ । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआइसी एशिया बैंक, सिटिजन्स बैंक र सानिमा बैंकले लाभांश घोषणा गरिसेका छन् । बैंकहरुले लाभांश पारितका लागि आफ्नो वित्तीय विवरण राष्ट्र बैंकमा बुझाउने क्रम जारी रहेको छ । यी चार बैंकले यसै महिना भित्र लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् ।
राष्ट्र बैंकमा पेश भएको वित्तीय विवरण पारित भएपश्चात् यी बैंकहरुले लाभांश घोषणा गर्ने तयारी गरेका हुन् । केन्द्रीय बैंकको सबै प्रक्रिया पुरा भईसकेपछि यी चार बैंकको वित्तीय विवरणमा राष्ट्र बैंकले प्रारम्भिक स्वीकृति दिनेछ ।
बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले एजिएम सम्पन गरेमा केन्द्रीय बैंकबाट सो आवको वित्तीय विवरण पेश गरी पारित गर्नूपर्ने व्यवस्था रहेको छ । केन्द्रीय बैंकको सम्पूर्ण प्रक्रिया पश्चात बैंक वा अन्य वित्तीय संस्थाले लाभांश घोेषणा गर्न पाउने व्यवस्था रहेको छ ।
बैंकहरुले कति लाभांश घोषणा गर्ने भन्ने विषयमा स्वयम् बैंकको वित्तीय विवरणमा निर्भर रहन्छ । बैंंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरणको आधारमा नबिल बैंकले १४ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ । त्यस्तै, वाणिज्य बैंकहरुमध्य स्ट्याण्डर्ड चार्टट बैंकले २८ प्रतिशत, कृषि विकास बैंकले १९ र नेपाल एसबिआई बैंकले १३ प्रतिशतसम्म लाभांश बाड्न सक्ने वित्तीय विवरणले देखाएको छ ।
स्ट्याण्डर्ड चाटर्ट बैंक
बैंकले विगत १२ वर्षदेखि लगातार लाभांश वितरण गर्दै आईरहेको छ । बैंंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरणको आधारमा स्ट्याण्डर्ड चाटर्ट बैंकले २८ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।
यसका साथै बैंकले आर्थिक वर्ष ०७३।०७४ मा सर्वाधिक लाभांश वितरण गरेको थियो । सो आवमा बैंकले आफ्ना लगानीकर्ताहरुलाई १०५ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । बैैंकले ०७६।७७ मा ११ प्रतिशत न्युन लाभांश वितरण गरेको थियो ।
कृषि विकास बैंक
सरकारी स्वामित्व रहेको यस बैंकले विगत १० वर्षदेखि आफ्ना लगानीकर्तालाई निरन्तर लाभांश वितरण गर्दै आएको छ । बैंंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरणको आधारमा यस बैंकले १९ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।
बैंकले लाभांश वितरण सुरु गरेको आर्थिक वर्ष ०६९।०७० मा सबैभन्दा बढी लाभांश वितरण गरेको इतिहास छ । यस आवमा बैंकले ३१ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो ।
नबिल बैंक
बैंंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरणको आधारमा नबिल बैंकले १४ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।
समीक्षा अवधिसम्म बैंकहरुको लाभांश इतिहास हेर्ने हो भने नबि बैंकले विगत १२ आर्थिक वर्षदेखि निरन्तर आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरिरहेको छ । बैंकले आर्थिक वर्ष ०७०।०७१ मा सर्वाधिक लाभांश वितरण गरेको थियो । सो आवमा बैंकले ६५ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो ।
नेपाल एसबिआई बैंक
बैंकले विगत १२ वर्षदेखि निरन्तर लाभांश वितरण गर्दै आईरहेको छ । बैंंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरणको आधारमा नेपाल एसबिआई बैंकले १३ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।
यसका साथै, बैंकले आर्थिक वर्ष ०७२।०७३ मा २९ प्रतिशतले सर्वाधिक लाभांश वितरण गरेको थियो । बैंकले आव ०७७।७८ मा कुल ५ प्रतिशतले सबैभन्दा कम लाभांश वितरण गरेको थियो ।