निर्जीवन बीमा कम्पनीहरुको जगेडा कोष १४ प्रतिशतले बढ्यो, कुनको कति ? (तथ्यांकसहित)

३ आश्विन २०८०, बुधबार १५:२५

काठमाडौं । कुनै पनि कम्पनीमा लगानी गर्नुअघि लगानीकर्ताले ध्यान दिने एउटा सूचक कम्पनीको जगेडा कोष हो । हरेक कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा चुक्ता पुँजीलगत्तै ‘रिजर्भ’ अर्थात जगेडा कोष उल्लेख गरिएको हुन्छ ।

संभावित जोखिमलाई मध्यनजर गर्दै खडा भएको यो कोषले प्रतिकुल अवस्थाको सामना गर्ने क्षमतालाई बुझाउँछ । यो कोषको आकार जति बलियो हुन्छ, त्यति निर्जीवन बीमा कम्पनीहरुको जोखिम वहन क्षमता मजबुत भएको मानिन्छ ।

हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुको जोखिम बहन क्षमता १४ दशमलव ८० प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा नौ अर्ब ८३ करोड रुपैयाँको जगेडा कोष बनाउन सफल भएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुको जगेडा कोष आठ अर्ब ५७ करोड रुपैयाँको रहेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

समीक्षा अवधिमा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको जगेडा कोषको आकार सबैभन्दा ठुलो रहेको छ । यस अवधिमा कम्पनीको जगेडा कोषको आकार तीन अर्ब ७७ करोड रुपैयाँको रहेको छ ।

यसका साथै, सगरमाथा लुम्बिनीको ९१ करोड रुपैयाँ, सिद्धार्थ प्रिमियरको ८९ करोड रुपैयाँ, हिमालयन एभरेष्टको ६९ करोड रुपैयाँ, युनाइटेड अजोडको ६० करोड रुपैयाँ, शिखरको ५९ करोड रुपैयाँ र आइजिआई प्रुडेन्सियलको ५६ करोड रुपैयाँको जगेडा कोष खडा गरको पाएको छ ।
त्यस्तै, असार मसान्तसम्ममा ओरियन्टलको ५१ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स र नेको इन्स्योरेन्सको ४९ करोड रुपैयाँ, सानिमा जिआईसीको ३२ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २६ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सको ५३ करोड रुपैयाँको जगेडा कोष रहेको छ ।

बृद्धिदरका आधारमा
समीक्षा अवधिमा हाल सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुमध्ये १० कम्पनीको जगेडा कोष बृद्धि हुँदा चार कम्पनीको यस्तो कोषको आकार घटेको छ ।

बृद्धिदरको आधारमा हिमालयन एभरेष्ट र ओरियन्टल इन्स्योरेन्सको जगेडा कोष अग्रस्थानमा रहेको छ । यस अवधिमा दुुबै कम्पनीको यस्तो कोषको आकार ६३ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, सगरमाथा लुम्बिनीको ४६ प्रतिशत, सिद्धार्थ प्रिमियरको २६ प्रतिशत, नेपाल इन्स्योरेन्सको २२ प्रतिशतले बृद्धि भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*