बोर्डले दियो सिटिजन्स बैंकलाई ३ अर्बको ऋणपत्र निष्काशन अनुमति

३ आश्विन २०८०, बुधबार ११:५६

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिटिजन्स बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको छ । बैंकले १००० अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशनको अनुमति पाएको हो ।

१० वर्ष अवधिको ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ । ३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकि १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुने छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*