सनराइज फर्स्ट म्युचुअल फण्डको बुकक्लोजको मिति तय

३ आश्विन २०८०, बुधबार ११:२५

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ ।

फण्डले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

फण्डले आफ्ना इकाईधनीहरुका लागि करसहित १६ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गर्ने घोषणा गरेको थियो। यस फण्डको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*