हकप्रद शेयर जारी गर्ने मुख्य एजेण्डा सहित नेको इन्सुरेन्सले डाक्यो विशेष साधारण सभा
३ आश्विन २०८०, बुधबार १०:२९
काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले असोज १९ गते शुक्रबार विहान ११ बजे लिसारा रिसेप्सन, नक्साल–काठमाडौंमा विशेष साधारण सभा डाकेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजिको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने मुख्य एजेण्डामा छलफल गर्ने भएको छ । साधारण सभाको प्रयोजनका लागि कम्पनीले असोज १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।