नेपाल धितोपत्र बोर्डले कानुन विपरित रेटिङ गरेको भन्दै केयर रेटिङलाई कारवाही गर्ने

२ आश्विन २०८०, मंगलवार २१:५३

नेपाल धितोपत्र बोर्डले कानुन विपरित रहेको भन्दैकेयर रेटिङले कानुन विपरित रेटिङ गरेको पाइएको कारण नेपाल धितोपत्र बोर्डले कारवाही गर्ने भएको छ ।

सेबोनको आज बसेको सञ्चालक समितिको बैठकले कानुन विपरित काम गरेको पाइएपछि केयर रेटिङलाई कारबाही गर्ने निर्णय गरेको हो । बोर्डले केयरलाई ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

धितोपत्र सम्बन्धि ऎन कानुन विपरीत कुनै पनि कम्पनीको रेटिङ गरेमा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार बोर्डले केयरमाथि कानुनी कारबाही गरेको बोर्डका एक सदस्यले जानकारी दिए ।

‘अन्य कम्पनीहरु पनि सुध्रिउन् र भविष्यमा गलत काम नगरुन् भन्ने उदेश्यले केयर माथि कारबाही भएको बोर्डका एक सदस्यले जानकारी दिए ।

केयर रेटिङले कानुन विपरित रेटिङ गरेको भन्दै धितोपत्र बोर्डले गत पुस २८ गते स्पष्टीकरण सोधेको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*