विद्यालयको रकम हिनामिना गर्ने विद्यालय व्यवस्थापन समितिका पूर्वाध्यक्षविरुद्ध मुद्दा दायर
काठमाडौं । विद्यालयको रकम हिनामिना गरेको आरोपमा श्री आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्वाध्यक्ष पूर्ण बहादुर क्यापछाकी मगरविरुद्द अख्तियारले मुद्दा दायर गरेको छ ।
उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ मा रहेको श्री आधारभूत विद्यालयका पूर्वाध्यक्ष मगरले आफ्नै अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको बैठक राखि निर्णय गराई तत्कालिन प्रधानाध्यापकबाट कागज गराई विद्यालयको आयस्रोत बढाउने भन्दै विद्यालयको १ लाख ९० हजार रकम लिई विद्यालयलाई फिर्ता नगरी हिनामिना गरेको अख्तियारले जनाएको छ ।
मगरलाई सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको आरोपमा सोही रकम बराबरको बिगो कायम गरी कैद सजायको मागसहित असोज २ गते मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तिायरका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।