१८ देखि ३० वर्ष उमेर समूहका मानिस शेयर बजारमा सक्रिय, अन्य उमेर समूहको अवस्था कस्तो ?
काठमाडौं । आर्थीक वर्ष २०७९।८० को एउटा तथ्यांकले १८ वर्षदेखि ३० वर्ष उमेर समूहका मानिसहरु सक्रिय रुपमा लगानी क्षेत्रमा आवद्ध हुने गरेको देखाएको छ
तथ्यांकले जन्मेदेखि १८ वर्ष उमेरका १४.५ प्रतिशत मानिसहरुको डिम्याट खाता रहेको देखाएको छ । १८ वर्षदेखि ३० वर्ष उमेर समूहका मानिसहरु सक्रिय रुपमा लगानीक्षेत्रमा लागि पर्नेगरेको तथ्यांकमा देखिएको छ । उक्त उमेर समूहका ३५.७ प्रतिशत मानिसहरुले डिम्याट खाता प्रयोग गर्ने गरेको पाइएको छ ।
३१ देखि ४० वर्ष उमेर समूहका २४.२ प्रतिशत मानिसहरु सक्रिय रुपमा लगानी क्षेत्रमा लागि पर्ने गरेको देखिएको छ । ४१ देखि ६० उमेर समूहका २६.६ प्रतिशत मानिसहरु लगानी क्षेत्रमा देखिएका छन् । उमेर बढ्दै गएसँगै आम्दानी घट्ने भएकाले ६१ वर्षदेखि ७० वर्ष उमेर समूहका केवल ५.३ प्रतिशत मानिसको डिम्याट खाता हुने गरेको पाइएको छ । सर्वाधिक कम ७० वर्षदेखि माथिमा उमेर समूहका मानिसहरुको २.६ प्रतिशतमात्रै डिम्याट खाता हुनेगरेको तथ्यांकले देखाएको छ ।