यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए, कुनले कति ?
२ आश्विन २०८०, मंगलवार १५:१४
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार आज १६.२४ अंकले बढेर १९८५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेतापनि आज इमर्जिङ नेपाल सहित कुल ३६ कम्पनीको शेयरमूल्य घटेको छ । मंगलबार आरबीबी म्युचुअल फण्ड २ को ५.६४ प्रतिशत, बिसाल बजारको ४.९७ प्रतिशत, ओरिन्टल्स होटल्सको ३.५९ प्रतिशतले शेयरमूल्य घटेको छ ।