लालपुर्जा बनाउने क्रममा घुस लिएको अभियोगमा पक्राउ परेका अमिन यादवविरुद्ध अदालतमा मुद्दा दायर

२ आश्विन २०८०, मंगलवार १४:१९

काठमाडौं । जग्गाधनी पूर्जा बनाउने क्रममा घुस लिएको अभियोगमा पक्राउ परेका अमिन (करार) दिपरन्जन यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलिले सिरहा, नापी कार्यालय, लहानमा कार्यरत यादवलाई सेवाग्राहीबाट १० हजार घुस लिइसकेको अवस्थामा भदौ ६ गते पक्राउ गरेको थियो ।

यादवलाई १० हजार रुपैयाँ बिगो कायम गरी आज (असोज २) जरिवाना सहित सजायको मागदावी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*