इक्रा नेपालको ५९.१०% लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

२ आश्विन २०८०, मंगलवार ११:१३

काठमाण्डौ । इक्रा नेपाल आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीयले लभांश प्रस्ताव पारितको लागि वार्षिक साधारणसभा पनि आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज २५ गते काठमाण्डौको ठमेल एलोफ्टमा बोलाएको छ । सभा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७९–८०का लागि सञ्चालक समिति प्रस्तावित हाल कायम चुक्तापुँजीको ५९.१० प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) पारित गर्नेछ ।

सभाले सञ्चालक समितिबाट प्रस्तुत गरिने गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*