एनएमबि म्युचुअल फण्डका दुई योजनाहरुको प्रतिफल घोषणा, बुकक्लोज कहिले ?
२ आश्विन २०८०, मंगलवार १०:४१
काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुुई योजनाले लाभांश घोषणा गरेका छन् ।
एनएमबि हाइब्रिड फण्ड एल १ तथा एनएमबि फिफ्टी योजनाले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन् ।
क्यापिटलको असोज १ गते बसेको योजनाहरुको व्यवस्थापक सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई कर सहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
प्रतिफल वितरण प्रयोजनार्थ यी योजनाहरुले असोज १२ गते एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएका छन् । यस अनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।