साधना लघुवित्तको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा
२ आश्विन २०८०, मंगलवार १०:०४
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ११ हजार ९९५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
उक्त शेयर खरिदको पहिलो हक संस्थाका विद्यमान शेयरधनीहरुलाई रहेकोमा तोकिएको समयावधिभित्र शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न लागिएको हो ।
सो शेयर खरिद गर्न इच्छुक जो–कोहीले सूचना प्रकाशित मितिले ७ दिनभित्र आवश्यक कागजात संकलन गरि खरिद गर्न चाहेको शेयर विवरण समेत खुलाई संस्थाको केन्द्रीय कार्यालय गोरखा–६, हरमटारीमा आवेदन दिन सकिनेछ ।