अनेरास्ववियु आरआरले ‘अखिल फुटसल कप २०८०’ सञ्चालन गर्ने, प्रथमलाई १ लाख ११ हजार पुरस्कार

१ आश्विन २०८०, सोमबार १८:१८

काठमाडौं । अनेरास्ववियु आर क्याम्पस कमिटीले ‘अखिल फुटसल कप २०८०’ सञ्चालन गर्ने भएको छ । वर्षेनी हजारौं संख्यामा विद्यार्थीहरुका समस्याका विषयमा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्नमा सहयोग पुर्याउने उदेश्यले फुटसल सञ्चालन गर्न लागेको हो ।

सामाजिक राजनीतिक सांस्कृतिक तथा शैक्षिक क्षेत्र एवम दैनिक जनजीविका सवालमा पनि अग्रभागमा बसेर काम गर्दै आएको छ । अहिले अनेरास्ववियु आर आर क्याम्पस कमिटी अन्तर क्याम्पस खुल्ला पुरुष फुटसल प्रतियोगिताको आयोजनामा जुटेको छ । विगतमा पनि विभिन्न प्रतियोगितामा महत्वपूर्ण स्थान हासिल गरेको यस आर आर क्याम्पसले सयौको संख्यामा खेलाडीहरु उत्पादन गरिसकेको छ । विगतका वर्षहरुमा पनि क्यापस कमिटीले रचनात्क प्रतियोगिताहरु सम्पन्न गरिसकेको छ ।

खेलाडीहरूको जीवनलाई जीविकोपार्जन गर्न पनि कठिन भैरहेको अवस्थामा अनेरास्ववियु आर आर क्याम्पस कमिटीले विश्वविद्यालयभित्र रहेका विद्यार्थी खेलाडीहरूका बिचमा प्रतिस्पर्धा गराई सानो रकमको भए पनि नगद पुरस्कारको व्यवस्था गरेको कमिटीका अध्यक्ष लोकेश खड्काले बताएका छन् ।

कमिटीले उक्त फुटसल प्रतियोगिता विजेतालाई एक लाख ११ हजार एक सय एघार रुपैयाँ र उपविजेतालाई पुरस्कार ५५ हजार ५५५ रुपैयाँको व्यवस्था गरेको जानकारी दिएको छ । साथमा सिल्ड, मेडल तथा प्रमाण प्रत्र प्रदान गरिनेछ साथै उत्कृष्ट विधाका खेलाडीहरुलाइ ट्रफिको व्यवस्था गरिएको छ ।

आयोजकको तर्फबाट गर्ने सम्पूर्ण तयारीहरू सम्पन्न गरिसकेको र उक्त प्रतियोगितामा सहभागी हुने क्याम्पसका खेल टिमले १० हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्ने छ ।

खेल संचालन बारे पुर्ण विवरण

१. सबै खेल हरु नक–आउट चरणमा खेलाईने छ ।
२. टिम हरु विभिन्न समुहमा बाडिने छ ( टिमको संख्या अनुरुप )
३. सबै खेल हरु जनहि १५ मिनेट खेलाइने छ साथै जम्मा २ मिनेटको खेल ब्रेक हुनेछ ।
४. आयोजक तथा रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुने छ ।
५. खेलको तालिका सहभागी टिम क्याप्टेनको प्रत्यक्ष उपस्थितिमा गोलापर्दा बाट गरिने छ ।
६. खेल मिति २०८० साल असोज ८गते बिहान ७ः३० बजे बाट सुरु हुनेछ ।
७. टिम दर्ता र प्रवेशशुल्क स्वरुप १०,००० रहने छ । र टिम दर्ता गरेकै बखत प्रवेशशुल्क अनिवार्य बुझाउनु
पर्ने छ ।
८. खेलाडीले रातो कार्ड पाएको खण्डमा उक्त खेल र आगामी खेल दुबै गुमाउने छ ।
९.खेल संचालन हुने समयसिमा भित्रै सम्पुर्ण टिम उपस्तिथ जनाउनु पर्ने छ अन्यथा आयोजकको निर्णय बमोजिम उक्त टिमले सबै खेल गुमाउनु पर्ने छ ।
१०.माथीका सबै नियमहरु अनिवार्य पालना गर्नु पर्ने छ अन्यथा उक्त टिमलाई खेलमा समाबेश गरिने छैन ११. आयोजकलाई खेल संचालन गरिने स्थल र समय परिवर्तन गर्न सक्ने अधिकार हुने छ ।
१२. खेलाडी र टिमले आफ्नु सामानको आफै जिम्मेवार हुनुपर्ने छ । कुनै सामान हराउन पुगे आयोजक त्यस्को जिम्मेवार हुने छैन ।
१३. प्राथमिक उपचार लगायतका सामान्य उपचारको निमित्त काठमाडौ मोडल हस्पिटलको टिम खेल स्थलमा उपस्थित हुने छ सहभागीहरुको दायित्वः
लगाउनुपर्ने छ
१४.सहभागीहरुले फिफाको फुट्सल नियम र विनियम हरु पालना गरि खेल भावना प्रस्तुत गर्नु पर्ने छ १५. फुट्सल खेल्दा चाहिने पोसाक, बुट, मोजा र आवस्यक सेफ्टी सामाग्री हरु अनिवार्य १६. प्रतियोगिताका आकर्षण हरुः खेल संचालन हुने स्थलः फनपार्क कोट, काठमाडौ मितिः २०८० असोज ८ देखि १० गतेसम्म ।
१७. रेफ्रीःलाईसेन्स प्राप्त रास्ट्रीय स्तरको रेफ्री खेल चरणः नक आउट टिमः एउटा टिममा बढिमा ८ जना खेलाडी समाबेश गराउन सकिन्छ

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*