आईपीओ निष्काशनको प्रस्तावसहित ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो साधारण सभा
१ आश्विन २०८०, सोमबार १७:३८
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभा असोज २९ गते अल्फा हाउस रेष्ट्रो बार एन्ड ब्यांकेट, काठमाडौंमा बिहान साढे ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले निष्काशन तथा बिक्री गर्ने प्रस्ताव पारितका वार्षिक साधारण सभा बोलाएको छ । साथै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरि आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने छ ।