मिड सोलु हाइड्रोपावरको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?

१ आश्विन २०८०, सोमबार १७:११

काठमाडौं । मिड सोलु हाइड्रोपावरको आईपीओमा आजसम्म १० लाख ३० हजार ७४२ आवेदकले १ करोड १६ लाख ३० हजार ५२० कित्ता शेयरका लागि १ अर्ब १६ करोड ३० लाख ५२ हजार रुपैयाँको आवेदन दिएका छन् ।

कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बरारको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*