टिपटप समोसा पसललाई महानगरले तिरायो दुई लाख जरिवाना

१ आश्विन २०८०, सोमबार १५:५४

काठमाडौं । काठमाडौं महानगरपालिकाले टिपटप समोसा पसललाई कारबाही गरेको छ । महानगरले सो पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको हो ।

बजार अनुगमनको क्रममा सो समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएको थियो । सडेको दूधबरी बेचेको पाइएपछि कारबाही गरिएको हो । कारबाहीसँगै महानगरले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारी बोलीबचनमा सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न निर्देशनसमेत दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*