पशुपतिमा हरितालिका तीजको रमझम
काठमाडौं । हरितालिका तीजका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा सर्वसाधारण दर्शनार्थीको भीड लागेको छ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिनमा मनाइने तीजलाई हर्षौल्लासका साथ मनाइएको हो ।
देशभर महादेवको पूजा आराधना गरी हरि तालिका तीज मनाइँदै छ । शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लागेको छ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा तिर्थालु, एवं व्रतालु महिलाहरुको भीड लागेको छ । अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको राम्रो होस् भन्ने मनशायसहित व्रत बस्ने चलन छ ।
निराहार व्रत बसे मनोकामना पूरा हुने शास्त्रोक्त कथन छ ।