निष्कृय रहेका खाता अद्यावधिक गर्न सिन्धु विकास बैंकको आग्रह
१ आश्विन २०८०, सोमबार १६:३७
काठमाडौं । सिन्धु विकास बैंकले १० वर्षदेखि निष्कृय रहेका बैंक खाताहरु अद्यावधिक गर्न आग्रह गरेको छ ।
विगत १० वर्षदेखि सिन्धु विकास बैंकमा खाता खोलि कुनै पनि कारोबार नगरी निष्कृय भएका खाताहरुको विवरण बैंकले आधिकारिक वेबसाइटमा राखेको छ । आफ्नो खाता सक्रिय बनाउनका लागि आवश्यक कागजातसहित नजिकैको शाखा कार्यालयमा सम्पर्क राख्न बैंकले अनुरोध समेत गरेको छ ।