शुभम पावरको शेयरमूल्यमा नकारात्मक सर्किट, यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी
१ आश्विन २०८०, सोमबार १५:१३
काठमाडौं । सोमबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै शुभम् पावर लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्य ४.९६ प्रतिशतले घटेको छ । आज समता घरेलु लघुवित्त, सप्तकोशी विकास बैंक, गुँरास लघुवित्त, १० प्रतिशत प्राइम डेबेन्चर २०८८, लक्ष्मी लघुवित्त, सिन्धु विकास बैंक, मैलुङ खोला जलुविद्युत र नेशनल लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ ।