रिलायबल नेपाल लाइफ र एनआईसी एशिया बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

१ आश्विन २०८०, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन उच्च अंकले घटेको शेयर बजार आज ४ अंकले बढेर १९६९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै रिलायबल नेपाल लाइफ र एनआईसी एशिया बैंकको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज इन्स्योरेन्सको ९ करोड ३८ लाख रुपैयाँ र बैंकको चार करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, साल्ट ट्रेडिङ्गको तीन करोड ९९ लाख रुपैयाँ, एभरेष्ट बैंकको तीन करोड ६० लाख रुपैयाँ र आइएमई लाइफको २ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*