सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

१ आश्विन २०८०, सोमबार १२:४५

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ हजार ८९१ कित्ता शेयर बिक्रीमा ल्याउने भएको छ । संस्थाले संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याउने भएको हो ।

उक्त सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र आउँदो असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ। बोलपत्र काठमाण्डौको टेकुस्थित धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा पेस गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*