नेपाल राष्ट्र बैंकले खुलायो ठुलो संख्यामा रोजगारको अवसर, ८ कक्षा पासलाई समेत अवसर

१ आश्विन २०८०, सोमबार ११:४४

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । केन्द्रीय बैैंकले आज एक सूचना प्रकाशित गर्दै ३० जना करार सेवा कर्मचारी माग गरेको हो ।

बैंकले सातै प्रदेशका विभिन्न कार्यालयमा आवश्यक रहेको संख्याले कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सिपाही देखि मेकानिकल इन्जिनियर लगायतका विभिन्न पदहरुमा कुल ३० जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि आठ कक्षा देखि प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्नेछ बैंकले जनाएको छ ।

इच्छुक नेपाली नागरिकले असोज १५ गतेभित्र बैंकको वेबसाईट मार्फत आवश्यक प्रक्रिया पुरा गरी आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*