भारतीय दुताबासको निर्णयमा प्रधानमन्त्रीको सहीछाप, अन्ततः अर्थ मन्त्रालयमा फर्किए कृष्णहरि पुस्कर
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अमेरिकातर्फ उड्नुअघि काठमाडौंस्थित भारतीय दुताबासले गरेको निर्णयमा सहीछाप लगाएको खुलेको छ । केही समयदेखि भारतीय राजदुत नविन श्रीवास्तवले अर्थमन्त्रालयमा सरुवा गर्न बोकेर हिडिरहेका प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुस्करलाई गत शुक्रबार प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले दुताबासको निर्णयमा सही छाप गरेको तथ्य उजागर भएको हो ।
भ्रष्टाचार, सेटिङ र राज्यकोष दोहन गरेर बद्नामी कमाएका सचिव कृष्णहरि पुस्कर काठमाडौंस्थित भारतीय दुताबासकै पहलमा दोस्रो पटक अर्थमन्त्रालयमा फर्कन सफल भएका छन् । नेपालका लागि भारतीय राजदूत श्रीनविन श्रीवास्तवले केही महिनादेखि नै सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुस्करलाई अर्थमन्त्रालयमा लैलान प्रधानमन्त्री प्रचण्डलाई विभिन माध्यमबाट दवाव दिँदै आएका थिए । यसअघि अर्थसचिव हुँदा देशलाई अप्ठेरोमा पारेका पुस्करको सम्बन्धमा उतिबेला निकै जोडबल गरेपनि प्रधानमन्त्री प्रचण्डले रोकिदिएका थिए । तर, यसपटक भारतीय दुताबासका कर्मचारीले बोकेर हिडेको कर्मचारीको सरुवा सदर गरेर प्रधानमन्त्र प्रचण्ड चुकेका छन् ।
भारतीय दुताबासले अर्थमन्त्रालयमा सुचना लिन सजिला व्यक्तिको रुपमा पुस्करलाई सरुवा गर्न गत चैत्रदेखि नै चाहेको थियो । नेपालका नेता, मन्त्री तथा उपल्लो तहका कर्मचारीहरुमा विभिन्न कारणले भारतीय शासकको सेवा गर्ने प्रवृत्ति बढ्दो छ ।
गत शुक्रबारको मन्त्रिपरिषदको बैठकबाट कृष्णहरि पुस्करको सरुवा अर्थमन्त्रालयमा गरिएको मन्त्रिपरिषदका एक सदस्यले पुष्टि गरेका छन् । यद्यपि सरकारकी प्रबक्ता रेखा शर्माले सचिव पुस्करको सरुवा विवादित विषय भएकोले मन्त्रिपरिषदको निर्णयबारे आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णय लुकाएकी थिईन ।
भ्रष्टाचार र सेटिङमा माहिर कृष्णहरि पुस्कर अर्थ मन्त्रालयमा सरुवा हुन सेटिङ गर्दै