रेमिट्यान्समा २५ प्रतिशतको उत्साप्रद बृद्धि, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था (पूर्णपाठ सहित)

३१ भाद्र २०८०, आईतवार १७:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको बर्तमान अवस्थाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार नेपाल सरकारको खर्च कुल ३५ अर्ब ४ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च १२ अर्ब १४ करोड रुपैयाँ र पूँजीगत खर्च ८२ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च २२ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

यसका साथै, यस अवधिमा विप्रेषण आप्रवाह २५. ८ प्रतिशतले बृद्धि भई ११६ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो अवधिमा विप्रेषण आप्रवाह २० दशमलव ३ प्रतिशतले बढेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँ बचत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोड रुपैयाँले घटेको थियो । त्यस्तै, साउन मसान्तसम्ममा बैंकमा सरकारका विभिन्न खातामा २०८ अर्ब ९३ करोड रुपैयाँ नगद र्मान्दात रहेको छ । यस अवधिमा प्रदेश सरकारहरुको कुल खर्च ५ करोड र स्रोत परिचालन ८ अर्ब ३५ करोड रहेको छ ।

असार मसान्तसम्ममा सरकारको आन्तरिक कुल आन्तरिक कर्जा २.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.९ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुुगत आधारमा असार मसान्तमा यस्तो कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोड (२.३ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.९ प्रतिशतले बढेको छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-One-Month-data-of-2080.81 (1)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*