यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
३१ भाद्र २०८०, आईतवार १५:१५
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार आज उच्च अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ३९ अंकले बढेको शेयर बजार आज ४२ अंकले घटेर १९६४ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार उच्च अंकले घटेसँगै मोलुङ हाइड्रोपावरको शेयरमुल्य ९.२१ प्रतिशतले सर्वाधिक घटेको छ । यसका साथै, मेन्छियाम हाइड्रोपावरको ८.४६ प्रतिशत, भुगोल इनर्जिको ८ प्रतिशत, दोल्ती पावरको ६.८२ प्रतिशतले शेयरमूल्य घटेको छ ।