उत्कृष्ट लाभांश घोषणा गरेको एनआईसी एशिया बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिए, १४ करोडको शेयर खरिदबिक्री
काठमाडौं । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै एनआईसी एशिया बैंकको शेयरमा लगानीकर्ताहरु भुम्मिएका छन् ।
बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरिसकेको छ । यो आर्थिक बर्षमा सबैभन्दा धेरै लाभांश दिने बैंक एनआईसी एशिया बैंक बनेको छ । शुक्रबार लाभांश घोषणा गरेसँगै बैंकको शेयरमा लगानीकर्ताको थप चासो बढेको छ ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई कुल ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले शेयरधनीलाई २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकको शेयर मूल्य ८१९ प्रतिकित्ताको दरले दोस्रो बजारमा कारोबार भईरहेको छ ।
कम्पनीको शेयर कारोबार १२ बजेअघि नै १४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।