नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्काशनको लागि प्राधिकरणबाट अनुमति पायो, असोज १९ गते बिशेष साधारणसभाबाट पारित गर्दै
नेको इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजीमा २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नियामक नेपाल बीमा प्राधिकरणले अनुमति दिएको छ ।
प्राधिकरणले भदौ २९ गते पत्र पठाउँदै हकप्रद निष्कासनका लागि सैद्धान्तिक स्वीकृति दिएको कम्पनीले जानकारी गराएको छ । नेकोले हकप्रद निष्कासन प्रस्ताव पारित गर्न असोज १९ गते विशेष साधारण सभा पनि बोलाएको छ ।
कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्तावसहित सभा बोलाएको हो । विशेष सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ ।
बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुन्छ ।नेकोको विशेष साधारण सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभा प्रयोजनका लागि असोज १० गते बुक क्लोज हुने भएकाले
असोज ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र भाग लिन पाउनेछन् । नेकोको हाल चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ । यस पुँजीमा २५५ हकप्रद सेयर जारी हुँदा चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी पुग्नेछ ।