रिलायबल नेपाल लाइफको आईपीओ आजदेखि कारोबारमा आउदै, कतिमा होला कारोबार ?
३१ भाद्र २०८०, आईतवार १०:२२
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ कारोबारमा आउदैछ ।
कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले चार करोड कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १६२ दशमलव २९ देखि ४८६ दशमलव ८७ रुपैयाको ओपनिङ रेन्ज प्रदान गरेको छ ।