लाभांश घोषणाको तयारीसँगै लघुवित्तहरुको शेयरमुल्य बढ्यो, कुनको कति ? (एलटीपीसहित)

३० भाद्र २०८०, शनिबार ०६:१२

काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा उच्च अंकले बृद्धि भएको छ । लघुवित्तहरुले लाभांश घोषणा गर्ने समय नजिकीएसँगै शेयरमूल्य बढ्न लागेको हो । लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो ।

नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन ९बुधबार० शेयरबजार ३९।४८ अंकले बृद्धि भई २००७।०६ को विन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले बृद्धि भएसँगै सम्पुर्ण उपसुचकमा हरियाली छाएको छ । बुधबार माइक्रोफाइनान्स उपसूचक १.९४ प्रतिशत अर्थात ६९ रुपैयाँले बढेर तीन हजार ६२३ को विन्दुमा कायम भएको छ ।

बुधबार माइक्रोफाइनान्स उपसूचकमा कारोबार भएका ५४ लघुवित्त कम्पनीहरुमध्ये ४५ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ वटाको घट्दा तीन कम्पनीकोे चाँही स्वहीमूल्यमा शेयर कारोबार भएको छ ।

लघुवित्त कम्पनीको बिहीबार भएको शेयर कारोबारको आधारमा आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक रहेको छ । यस अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार ४० रुपैयाँमा कारोबार भएको छ । दोस्रो नम्बरमा रहेको नेष्डो समृद्ध लघुवित्तको १८ सय २० र तेस्रो नम्बरमा रहेको महिला लघुवित्तको १७२० रुपैयाँमा कारोबार भएको छ ।

बुधबार कारोबार भएका लघुवित्त कम्पनीहरुमध्ये बृद्धिदरका आधारमा समता घरेलु लघुवित्तको ९ दशमलव ८६ प्रतिशतले सर्वाधिक बढेको छ । दोस्रो नम्बरमा आरएसडीसी लघुवित्त, सर्योदय वोमी लघुवित्त, किसान लघुवित्त सहित अन्य ४५ लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्था, सापोर्ट माइक्रोफाइनान्स, बिपिडब्लु लघुवित्त, सिवाईसी लघुवित्त, लक्षी लघुवित्त सहित ६ कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*